Main News

किन भयो स्वास्थ्य सचिव कोइरालाको सरुवा ?

हिमालय टिभी
२०७७ जेठ १५ गते १३:२१
किन भयो स्वास्थ्य सचिव कोइरालाको सरुवा ?

१५ जेठ, २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ ।

सरकारले सचिव कोइरालालाई प्रधानमन्त्री कार्यालयमा तानेको छ। कोईरालाको ठाउँमा लक्ष्मण अर्याललाई पठाइएको छ ।

मन्त्रिपरिषदको सोमवार बसेको बैठकले कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर अर्याललाई पठाउने निर्णय गरेको स्रोतले जनाएको छ । सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

सचिव कोइरालालाई फागुन १८ मा स्वास्थ्य मन्त्रालयको जिम्मा दिइएको थियो। स्वास्थ्य मन्त्रालयमा गएसँगै सचिव कोइराला विवादमा पर्दै आउनुभएको थियो ।

डाक्टरहरुलाई गाली गरेको भन्दै कोइरालाको आलोचना समेत भएको थियो । डाक्टर शेरबहादुर पुनसम्बन्धी विवादका योजनकार मानिएका कोइरालाले डाक्टर पुनलाई संचार माध्यममै हेपेर बोल्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *