Main News

कालापानीबाट सेना फिर्ता गरेर विवाद यथास्थितिमा राख्न भारतसँग मन्त्री ज्ञवालीको आग्रह

हिमालय टिभी
२०७७ जेठ १५ गते १२:४१
कालापानीबाट सेना फिर्ता गरेर विवाद यथास्थितिमा राख्न भारतसँग मन्त्री ज्ञवालीको आग्रह

१५ जेठ, २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देशबीचको विवाद यथास्थितिमा राख्न आग्रह गर्नुभएको छ ।

भारतीय पत्रिका द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले भारतले कालापानीबाट फिर्ता गर्नुपर्ने बताउनुभएको हो । कालापानीबाट सेना फिर्ता गरेर त्यो भूभाग नेपाललाई फिर्ता गरे मात्र सुगौली सन्धिलाई सम्मान गरेको ठहर्ने पनि परराष्ट्रमन्त्री ज्ञवालीले प्रष्ट पार्नुभएको छ ।

‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो ।’

भारतसँगको हार्दिकतापूर्ण सम्बन्ध प्राथमिकतामा रहेको भन्दै उहाँले वार्ताबाटै समस्या समाधानमा जोड दिनुभएको छ । भारतले नेपाली भूभागमा एकतर्फी सडक बनाउनु हुँदैनथ्यो र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने थियो भन्ने मन्त्री ज्ञवालीले बताउनुभयो ।

भारतले एकतर्फीरुपमा नेपालको कालापानीलगायतका क्षेत्र समेट्दै नक्सा सार्वजनिक गरेर नेपाललाई दुःखी बनाएको उहाँको भनाइ छ । भारतले बिगतका सहमतिको ठाडो उल्लंघन गरेको पनि मन्त्री ज्ञवालीले बताउनु भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले विगतको सहमति सम्झाउँदै भन्नुभएको छ –‘भारतले एकतर्फी नक्सा सार्वजनिक गर्नु सन् १९९७ मा तत्कालीन प्रधानमन्त्री इन्दरकुमार गुजरालको काठमाडौं भ्रमणका बेला भएको सहमतिको ठाडो उल्लंघन हो ।’

त्यतिबेला कालापानी र सुस्ता लगायतका क्षेत्रलाई ‘विवादित भूमि’ मान्दै संयुक्त वार्ता टोलीमार्फत् समस्या समाधान गर्ने सहमति भएको थियो । मन्त्री ज्ञवालीले संविधान संशोधन प्रस्ताव चाँडै पारित हुने र त्यसका लागि फास्ट ट्रयाक विधि अपनाइने बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *