Main News

सरकार, कसरी पत्याउने ? कोही भोकै मर्दैन ! (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ १४ गते १९:४६
सरकार, कसरी पत्याउने ? कोही भोकै मर्दैन ! (भिडियोसहित)

१४ जेठ, २०७७, जनकपुरधाम ।  सडकमा पल्टिएका यी युवा चीर निन्द्रामा छन् । यी युवा धनुषाको शहिदनगरका हुन् । उनी रोजगारीका लागि भारतको अहमदावादमा थिए । कोरोना कहर बढ्दै गएको संकटमा पराई ठाउँमा बस्नु भन्दा परिवारसँगै बस्छु भनेर हिँडेरै नेपाल फर्के । तर बिडम्बना ४ सय किलोमिटरको यात्रा पूरा गरेर पनि उनी घरसम्म पुग्न पाएनन् ।

परिवार भेट्न पाएनन् । भारतबाट नेपाल छिरेका उनले सीमा नजिकै प्राण त्यागे । उनको मृत्युको कारण खुलेको छैन । तर उनीसँगै आएका युवाले मृत्युको कारण भोकलाई मानेका छन् । ती युवाले ६ दिनदेखि खान पाएका थिएनन् ।

नेपाल फर्केका युवालाई भारतीय प्रशासनले बुधबार बिहान ३ बजेको झिसमिसेमा धनुषाको जटही नाकामा ल्याएर छाडेको थियो । नाकामा आएका युवालाई प्रशासनले नेपाल भित्र्यायो। सुरक्षाकर्मीले उनीहरुलाई चाउचाउ र च्यूरा पनि खुवाएका थिए । तर, ६  दिनदेखिको भोको पेटमा चाउचाउ र च्यूरा परेको केहीबेरमा युवाको मृत्यु भयो ।

भारतबाट नेपाल छिरेका उनले सीमा नजिकै प्राण त्यागे । उनको मृत्युको कारण खुलेको छैन । तर उनीसँगै आएका युवाले मृत्युको कारण भोकलाई मानेका छन् । ती युवाले ६ दिनदेखि खान पाएका थिएनन् ।

उनको मृत्युलाई अरु युवाले सरकारको लाचारी र गैरजिम्मेवारीसँग जोडेका छन् । त्यसैले उनीहरु आक्रोशित छन् । उनीहरुले प्रधानमन्त्री र सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरे ।

आफ्ना साथीको मृत्युलगत्तै आक्रोशित युवाहरु क्वारेन्टिनबाट बाहिर निस्किए । उनीहरुलाई प्रशासनले सम्बन्धित स्थानीय तहमा पुर्‍यादिएको छ । अरु युवा आफ्नो गाउँमा त पुगे । तर, यी युवा भने गाउँ टेक्न नपाउँदै सदाका लागि बिदा भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *