Main News

तीन जनाको ज्यान जाने रकुम घटना छानबिन गर्न समिति गठन

हिमालय टिभी
२०७७ जेठ १३ गते १६:१०
तीन जनाको ज्यान जाने रकुम घटना छानबिन गर्न समिति गठन

काठमाडौं । सरकारले पश्चिम रुकुमको चौरजहारीमा भएको जातीय विभेद र हत्याको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

संसद बैठकमा विशेष समय लिएर बोल्दै गृहमन्त्री रामबहादुर थापाले घट्नाको छानबिनका लागि गृहन्त्रालयका सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो ।

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक विवाहका लागि पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा जाँदा शनिबार राति केटीपक्षको कुटपिटबाट तीनको ज्यान गएको थियो । तीन जना बेपत्ता छन् । गृहमन्त्री थापाले घट्नामा संलग्नलाई कारवाही गर्ने बताउनुभयो । उहाँले बेपत्ताको खोजीका लागि भेरी नदीमा गोताखोर परिचालन गर्ने बताउनुभयो ।

जातीय छुवाछुतको विषय कुनै पनि हालतमा मान्य नहुने भन्दै गृहमन्त्री थापाले घट्नामा संलग्नलाई कडा कारवाही गर्ने प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *