Main News

बसन्तुपर क्षेत्रबाट कम्तीमा १० जना पक्राउ

हिमालय टिभी
२०७७ जेठ २ गते ९:०९
बसन्तुपर क्षेत्रबाट कम्तीमा १० जना पक्राउ

काठमाडौं । इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका कम्तीमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपाल प्रहरीका पूर्वडीआईजी विजयराज भट्ट पनि रहेको खुलेको छ । त्यस्तै नेपाली सेनाका एक जना मेजर, एक जना सेवा निवृत्त कर्णेल र भ्रष्टाचार विरोधी अभियन्ता पनि रहेको बुझिएको छ ।

तर त्यसको प्रहरीले पुष्टि गरेको छैन । ईन्द्रजात्राको अवसरमा बसन्तपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी बसन्तपुरमा जाँदा विरोध प्रदर्शन हुने आशंकामा प्रहरीले धरपकड गरेको हो ।

पक्राउ गरिएकालाई पुलिस क्लबमा राखिएको छ । गुठी विधेयकमा राष्ट्रपतिले मागप्रति उदासिनता देखाएकोमा भन्दै विरोधको तयारी भएको सुचनाका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *