काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) बीच सहयोग आदान प्रदान सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ ।
नेकपा र सीपीसीका नेताहहरुबीच काठमाडौंमा जारी विचार आदान प्रदान कार्यक्रमको दोस्रो दिन सहयोग तथा भाइचारा सम्बन्ध स्थापित गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डको उपस्थितिमा दुई पार्टीका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र सोङ ताओले ६ बुँदे सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
सम्झौता अनुसार अब दुई पक्षका उच्चस्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण, पार्टीका अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताबीच भ्रमण आदान–प्रदान हुनेछ ।
त्यस्तै बुद्धिजीवी, नागरिक संस्था, मिडिया सहितको जनस्तरको सम्बन्ध अभिवृद्धि र विचारसिद्धान्तमा आधारित बार्षिक कार्यक्रम संचालन गर्ने पनि सम्झौता उल्लेख छ ।
यसअघि पूर्व एमाले र पूर्वमाओवादीकेन्द्रको सीपीसीसँग छुट्टाछुट्टै सम्बन्ध थियो । अब पार्टी एक भएकाले एउटै च्यानलबाट सम्बन्ध अघि बढ्नेछ ।
‘एकतादेखि हामीले पार्टीलाई विधि पद्धति र संस्थागत ढंगले चलाउनुपर्छ भन्ने कुरा उठाउँदै आएका छौं। त्यसो भयो भने जो व्यक्ति जहाँ भए पनि केही फरक पर्दैन’