Political Hightlights

नागरिकता विधेयकमा सहमति जुट्न सकेन

हिमालय टिभी
२०७६ भदौ २७ गते ९:१७
नागरिकता विधेयकमा सहमति जुट्न सकेन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समय मागेपछि नागरिकता विधेयकमा सहमति हुन सकेन ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितको बैठकमा आज टुंगिने भनिएको नागरिकता विधेयकमा पार्टी भित्रै छलफल गर्नुपर्ने भन्दै समय मागेपछि भोलिका लागि सरेको छ ।

बैठकमा सभापति शशि श्रेष्ठ र सत्तारुढ नेकपाका सांसदले आजै टुंग्याउने प्रयास गरेपनि कांग्रेसले मानेन । विषयबस्तुमा पूर्ण सहमति रहेपनि कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले विधेयक पारित गर्नु अघि पार्टीभित्र छलफल गर्नु आवश्यक रहेको बताउनुभयो ।

नागरिकता विधेयकका विषयमा अहिले कांग्रेस सांसदबीच छलफल भैरहेको छ । समितिमा राखेका धारणामा पार्टीभित्र गम्भीर ढंगले छलफल नभएकोले समय मागिएको उनीहरुले बताएका छन ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने बनेको विधेयकमा करिब १ वर्षको छलफलपछिको निष्कर्षमा प्रमुख दलबीच एकमत देखिएपनि पार्टीमा छलफल नगरेकै कारण कांग्रेस सांसदले विधेयक टुंग्याउन सहमत नभएका हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्