बाँकेमा भएको आक्रमणको विरोध
![बाँकेमा भएको आक्रमणको विरोध](https://www.himalayatv.com/wp-content/uploads/2019/09/cong.jpg)
काठमाडौं । राष्ट्रिय जागरण अभियानमा बाँकेमा भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले भोलि दिउँसो तीन बजे माईतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेको हो ।
त्यसअघि विहान आठ बजे दोषीमाथि कारवाहीको माग गर्दै जिल्ला सभापतिहरुले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउनेछन । नेपाली कांग्रेसले बाँकेमा हिजो आफ्नो कार्यक्रममा भएको आक्रमणले व्यवस्था विरोधीलाई मलजल भएको ठहर गरेको छ ।
दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरमा भैरहेको कांग्रेसको कार्यक्रममा नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । आक्रमणमा कांग्रेसका बाँके जिल्ला सभापति किरण कोईरालाको हात भाँचिएको छ । तर नेकपाले भने व्यक्तिगत विवादले झडपको रुप लिएको भन्दै राजनीतिक नभएको प्रष्टिकरण दिएको छ ।
प्रतिक्रिया