Main News

प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर टिचिङ अस्पतालमा निकालियो

हिमालय टिभी
२०७६ भदौ २५ गते ८:०३
प्रधानमन्त्री ओलीको मुटुमा राखिएको क्याथेटर टिचिङ अस्पतालमा निकालियो

काठमाडौं । सिंगापुरबाट लामो उपचारपछि फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य जाँच गराउनु भएको छ ।

प्रधानमन्त्री ओली बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्गको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गएर मुटुको जाँच गराउनु भएको अस्पतालले जनाएको छ ।

गत वर्ष पनि प्रधानमन्त्री ओलीले त्यहाँ भर्ना भएर मुटुको उपचार गराउनुभएको थियो । त्यसकै फलोअपका लागि ओली बुधबार अस्पताल जानुभएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताउनुभयो ।

रिमालका अनुसार हाल प्रधानमन्त्रीको स्वास्थय अवस्था सामान्य रहेको छ । उहाँले दैनिक कामहरु नियमित रुपमा गर्न थाल्नुभएको पनि रिमालले जानकारी दिनुभयो । यसअघि गत भदौ दोस्रो साता प्रधानमन्त्री ओलीको सिंगापुरमा मिर्गौलाको उपचार गरिएको थियो।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा। अरुण सायमीले भने, ‘प्लाज्मा फेरोसिस गर्दा प्रधानमन्त्री ज्यूको मुटुमा राखिएको क्याथेटर हामीले निकालिदिएका हौं । उहाँलाई अरु थप उपचार गर्नु परेन ।’

क्याथेटर निकाल्न करिब १०–१५ मिनेट लागेको र त्यसपछि प्रधानमन्त्री ओली अस्पतालबाट फर्किएको बताउँदै डा। सायमीले भने, ‘उहाँ स्वस्थ हुनुहुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *