Main News

विप्लवका छोरा प्रकाशसहित १६ जना विद्यार्थी पक्राउ

हिमालय टिभी
२०७६ भदौ २५ गते ७:५७
विप्लवका छोरा प्रकाशसहित १६ जना विद्यार्थी पक्राउ

चितवन । प्रहरीले प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दसहित १६ जना चिकित्सा शास्त्रका विद्यार्थीलाई पक्राउ गरेको छ ।

भरतपुरको चितवन मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । विप्लवका छोरा प्रकाशकै नेतृत्वमा कलेजमा आन्दोलन भैरहेको छ ।

अस्पतालभित्र प्रवेश गर्न खोज्ने विद्यार्थीलाई प्रहरीले रोकेपछि झडप समेत भएको छ । । झडपमा केही विद्यार्थी घाइते भएका छन् ।

कलेजले तोकिएको भन्दा बढी शुल्क लिएको, सेवा सुविधा नदिएको विद्यार्थीको आरोप छ । चितवन मेडिकल कलेज श्रोतले भने चन्दा नदिएका कारण केही विद्यार्थीले आन्दोलन गरेको बताएको छ ।

कलेज प्रशासनले विज्ञप्ति नै लिकालेर सरकार र त्रिभुवन विश्वविद्यालयले बनाएका नीति निर्देशन र शुल्क कलेजले पूर्णपालना गरेको र गर्ने प्रतिवद्धता जनाएको छ । विप्लवका छोरा प्रकाशलाई कलेजले छात्रवृत्तिमा पढाइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *