Main News

तीन दिने नेपाल भ्रमण पूरा गरेर चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता

हिमालय टिभी
२०७६ भदौ २४ गते ९:२५
तीन दिने नेपाल भ्रमण पूरा गरेर चिनियाँ विदेशमन्त्री स्वदेश फिर्ता

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शङ्करदास बैरागीले उहाँलाई बिदाइ गर्नुभयो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निम्तोमा आएका विदेशमन्त्री वाङले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुभएको थियो ।

त्यस्तै दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो । वार्तामा पारस्परिक सहयोग अभिवृद्धिसम्बन्धी तीनवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *