प्रेतात्माहरुले बेलाबुला दुःख दिइरहेका छन्ः प्रचण्ड

काठमाडौं । पूर्वराजसंस्था पक्षधरमाथि लगातार अभिव्यक्ति दिँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पनि एकपटक उस्तै आक्रामक अभिव्यक्ति दिनु भएको छ । कसैको नामै नलिई उहाँले प्रेतात्माले बेलाबेला दुःख दिएको सुनाउनुभयो ।
नेकपा मुख्यालयमा आयोजित सहिद सुरेश वाग्ले र भिमशेन पोखरेल स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभएको छ–स्यालहरुले सिंहसँग निउ खोजेका छन् । प्रतिक्रियावादीले आफूहरुलाई बदनाम गराएर पुनर्स्थापनाको सपना देखेको प्रचण्डको दावी छ ।
अरुमाथि हमाल गरेका प्रचण्डलै नेकपाभित्र पनि ठूलो विचलन देखिएको बताउनुभयो ।
सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै प्रचण्डले अब कामको गति बढ्ने दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सरकार र नेकपामाथि जनताको आशा र भरोशा रहेकाले त्यसै अनुसार काम गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया