Political Hightlights

उपचार सकेर फर्केका प्रधानमन्त्री ओली नियमित काममा सक्रिय

हिमालय टिभी
२०७६ भदौ २१ गते ८:२१
उपचार सकेर फर्केका प्रधानमन्त्री ओली नियमित काममा सक्रिय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्य उपचार गरेर फर्के लगत्तै नियमित काममा फर्कनु भएको छ ।

प्रधानमन्त्री ओली स्वदेश फर्किए लगत्तै निजी चिकित्सक दिव्यासिंह शाहले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँले नियमित काम गर्न सक्ने जानकारी दिनुभएको थियो ।

सिंगापुरमा दुई हप्तासम्म उपचार गरेर फर्किएलगत्तै प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्नु भएको छ । ओलीलाई भेट्न प्रचण्ड बालुवाटार जानु भएको थियो ।

दुई नेताबीच सरकारको गतिविधि, सचिवालय बैठक र नेकपाको एकताको बाँकी प्रक्रियाबारेमा संवाद भएको छ। अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे विस्तृतमा जानकारी लिनुभएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले दुई अध्यक्षबीचको भेट नियमित प्रक्रिया भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्