Political Hightlights

आन्तरिक विवादका कारण राजपाको राजनीतिक समितिको बैठक स्थगित

हिमालय टिभी
२०७६ भदौ १३ गते ७:०८
आन्तरिक विवादका कारण राजपाको राजनीतिक समितिको बैठक स्थगित

काठमाडौं । आन्तरिक विवादका कारण राष्ट्रिय जनता पार्टी राजपाको राजनीतिक समितिको बैठक स्थगित भएको छ ।

राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले बोलाएको राजनीतिक समितिको बैठकलाई लिएर पार्टीभित्र विवाद चर्केपछि राजनीतिक समितिको बैठक स्थगित गरिएको हो ।

राजपाको राजनीतिक समितिलाई पोलिट्ब्यूरोको रुपमा लिइन्छ । राजनीतिक समिति स्थगित गरेर अध्यक्ष मण्डलको बैठक बोलाइएको अध्यक्ष मण्डलका संयोजक यादवले जानकारी दिनुभयो ।

अवैधानिक रुपमा राजनीतिक समितिको बैठक बोलाएको भन्दै अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव र शरदसिंह भण्डारीले विरोध जनाएका थिए । समाजवादी पार्टीसँग एकीकरणको प्रकृया चलिरहेका बेला त्यसलाई बिथोल्ने नियतबाट राजनीतिक समितिको बैठक बोलाइएको चार अध्यक्षहरुको भनाइ छ।

यादव र झा पार्टीको महाधिवशेन अघि पार्टी एकीकरण गर्न नहुने पक्षमा रहेको आरोप छ। अन्य नेताहरु तत्काल पार्टी एकीकरण गरेर एकता महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन्। राजनीतिक समितिको बैठक आवश्यक परे अध्यक्ष मण्डलमा रहेका ६ सदस्यको सहमतिबाट मात्र बोलाउनु पर्ने अन्य ४ नेताको भनाइ छ ।

२ बजे पार्टी कार्यालयमा बस्ने अध्यक्ष मण्डलको बैठकमा समसामयिक राजनीति, समाजवादी पार्टीसँगको एकता प्रकृया तथा पार्टीभित्रको आन्तरिक विवाद र महाधिवेशनका बारेमा छलफल हुने राजपाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्