Political Hightlights

भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गलतः रावल

हिमालय टिभी
२०७६ भदौ ११ गते ९:१२
भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गलतः रावल

काठमाडौं । भिडियो कन्फ्रेन्स मार्फत मन्त्रिपरिषद् बैठक बसेको विषयमा सत्तारुढ नेकपामै असन्तुष्टि देखिएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री भीम रावलले यसरी बैठक बस्नु कानुनविपरित समेत रहेको प्रतिक्रिया दिनुभएको हो । धनगढीमा बिहान संचारकर्मीसँग नेता रावलले कार्यवाहक प्रधानमन्त्री तोकेर भिडियो कन्फ्रेन्सबाट बैठक बस्नु गलत भएको बताउनुभयो ।

नेता रावलले थारु समुदायलाई उचालेको भन्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको आलोचना गर्नुभयो । टीकापुरमा थारु सम्मेलनमा भट्टराइले केहीदिनअघि बोलेको कुरा विखण्डनकारी भएको उहाँको आरोप छ ।

यसअघि यो विषयमा दुई नेताबीच सामाजिक संजालमा आरोप प्रत्यारोप भएको थियो । रावलले पार्टीमा नेतृत्वको आलोचना गर्न नपाइने भनि गरिएको निर्णयप्रति पनि असन्तुष्टि जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्