Political Hightlights

अनुशासनमा नेकपाले सम्झौता नगर्ने, नेताहरुको जिम्मेवारी बाँडफाँट

हिमालय टिभी
२०७६ भदौ ९ गते ९:४१
अनुशासनमा नेकपाले सम्झौता नगर्ने, नेताहरुको जिम्मेवारी बाँडफाँट

काठमाडौं । सत्तारुढ नेकपाले पार्टी अनुशासनको विषयमा अव कम्परमाइज नगर्ने भएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षता गरेको पहिलो वैठकले पार्टी पार्टी अनुशासन मिच्नेमाथि डन्डा चलाउने बाटो खुला गरेको छ ।

कार्यकारी अध्यक्षको भूमिका पाएको अर्कोदिन भदौ ६ गते काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले भन्नु भएको थियो भयो-हिजो अनुशासित थियौँ । आज अनुशासनको स्तर गिरेको छ । व्यक्तिका निर्णय समूहले मान्नुपर्ने भएको छ ।

पार्टी नीति विपरित नेताका जथाभावी अभिव्यक्ति र सामाजिक संजालमा टिप्पणीले नेकपाका शीर्ष नेतालाई नै अफ्ठेरोमा पारेको थियो । तर, अब नेकपाले त्यस्ता कदममाथि कठोर हुने निर्णय गरेको छ ।

पार्टी र सरकारका निर्णय अनि नेतृत्वको कार्यशैलीलाई लिएर नेकपाभित्र सार्वजनिक रुपमै असन्तुष्टि आउने गरेका छन् ।

यस अघि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले जथाभावी नबोल्न नेता(कार्यकर्तालाई निर्देशन दिए पनि अनुशासनको विषयमा औपचारिक निर्णय भएको यो पहिलो हो ।

पार्टी एकताको १५ महिनासम्म संगठनात्मक एकतामा अल्झेको नेकपाले एकताको काम करिव-करिव सकेको छ । नेकपामा प्रवास कमिटी, महानगरको नेतृत्व, पोलिटव्यूरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन लगायतको काम बाँकी छ । यी काम सकेपछि नेकपाले कार्ययोजना बनाउने तयारी पनि गरेको छ ।

जे होस्, आफुले अध्यक्षता गरेको पहिलो बैठकमै प्रचण्डले अनुशासनको विषयलाई एजेन्डा बनाएर अब नेकपा विधि र पद्धतिमा चल्छ भन्ने संकेत दिनुभएको छ ।

यसले पूर्वसमूहका आधारमा विभाजित नेकपाका नेता/कार्यकर्ताको बोलीमा कति लगाम लगाउँछ, केही समय हेर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्