ओली–नेपाल भनाभन संसद प्रवेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ अध्यक्ष माधव नेपालबीचको भनाभनले संघीय संसदमै प्रवेश पाएको छ ।
राष्ट्रिय सभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले देशको कार्यकारी पदमा आशिन प्रधानमन्त्री र वरिष्ठ नेतबीचको भनाभनले राजनीतिक विचलन ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । साथै राजनतिक दलहरुबाट आउने यस प्रकारका अधिव्यक्तिले समाजमा नराम्रो सन्देश जाने तर्फ सचेत हुन पनि आग्रह गर्नु भयो ।
यता सत्तारुढ दल नेकपाकाले जम्मु काश्मिर विवादका सम्बन्धमा नेपाल सरकारको स्पष्ट धारणा माग गरेको छ । विशेष समयमा बोल्दै नेकपा सांसद बलराम प्रसाद बाँस्कोटाले काश्मिर प्रकरणमा नेपाल सरकार मौन बस्न नहुने भन्दै आफ्ना तर्फबाट आधिकारीक धारणा सार्वजनिक गर्न माग गर्नु भयो ।
यस्तै सांसद बाँस्कोटाले पूर्व प्रधानमन्त्रीहरुले भारतीय विदेशमन्त्री एस जयशंकरसंग कुटनीतिक मर्यादा विपरित भेट गरेको भन्दै आपत्ति पनि जनाउनु भयो । कुटनीतिक मर्यादा विपरित भारतिय विदेशमन्त्री बसेकै ठाउँमा लामबद्ध भएर पूर्ण प्रधानमन्त्रीहरु भेट्न गएको कुराले नेपालको कुटनीतिक मर्यादालाई नाघेको उहाँको भनाइ छ ।
यस्तै कर्णालीबाट प्रतिनिधित्व गर्ने नेकपा सांसद युटोल तामाङ्ले कर्णालीका समस्या लिएर मन्त्रालय धाउँदा वेवास्ता भएको भन्दै गुनासो गर्नु भयो । उहाँले मन्त्रालयका सचिवहरुले आफूहरुका फाइल हेर्नै नचाहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यसबाहेक सांसदहरुले अन्य समसामायिक विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया