Political Hightlights

नेकपाभित्र व्यक्तिवाद हावी भएको स्वीकार प्रचण्डद्वारा स्वीकार

हिमालय टिभी
२०७६ भदौ ६ गते ७:०८
नेकपाभित्र व्यक्तिवाद हावी भएको स्वीकार प्रचण्डद्वारा स्वीकार

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र व्यक्तिवाद हावी भएको स्वीकार गर्नुभएको छ ।

उहाँले पार्टीभित्र अनुशासन गिर्दै गएको पनि सुनाउनुभयो । कार्यकारी अध्यक्षको भूमिका पाएको अर्कोदिन काठमाडौंमा भएको एक कार्यक्रममा प्रचण्डले व्यक्तिले लिएका निर्णय समूहले स्वीकार गर्ने स्थिति आएको बताउनुभयो ।

उहाँले भन्नुभयो–हिजो अनुशासित थियौँ । आज अनुशासनको स्तर गिरेको छ । समूहको हित भुल्ने काम भएको छ । व्यक्तिका निर्णय समूहले मान्नुपर्ने भएको छ ।

नेकपामा जिम्मेवारी बाँडफाँटलाई लिएर भएका विवादलगत्तै प्रचण्डको यस्तो भनाइ आएको छ ।

यसैगरी प्रचण्डले सत्तामा नपुग्दासम्म समाज, जनता र वर्गका लागि दुःख र त्याग गर्ने कम्युनिष्टहरु सत्तामा पुगेपछि सबै कुरा बिर्सने प्रवृति रहेको पनि सुनाउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट नेकपाले पाठ नसिके राम्रो नहुने पनि बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्