Political Hightlights
कांग्रेसले तीनवटा प्रदेशका महाधिवेशन प्रतिनिधिलाई प्रशिक्षण दिने
२०७६ साउन २७ गते ८:४६

्काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिका लागि साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म पहिलो चरणमा तीनवटा प्रदेशमा प्रशिक्षण चलाउने भएको छ ।
साउन ३१ र ३२ गते गण्डकी प्रदेशको पोखरा भदौ २ र ३ गते प्रदेश ५ को भैरहवा र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण संचालन हुने नेपाली कांग्रेसले जनाएको छ ।
पार्टीको सांगठानिक संरचना, विधान र विशेषता, राजनीतिक, आर्थिक दृष्टिकोण, सरकारको मूल्यांकन तथा जनतासंग संपर्क र संवाद जस्ता विषय प्रशिक्षणमा राखिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गर्ने प्रशिक्षणमा भाग लिने महाधिवेशन प्रतिनिधिले यातायात र आवासको व्यवस्था आफैले गर्नुपर्नेछ ।
प्रतिक्रिया