Political Hightlights

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

हिमालय टिभी
२०७६ साउन २६ गते १२:२५
मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले उपनिर्वाचन बहिस्कार गर्ने

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले मंसिर १४ गते हुने उपचुनाव बहिस्कार गर्ने भएको छ ।

क्रान्तिकारी माओवादीको पोलिटब्यूरो बैठकले सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको ठहर गर्दै उपचुनाव सक्रिय बहिस्कार गर्ने निर्णय गरेको हो ।

०७४ को चुनावमा भाग लिएको क्रान्तिकारी माओवादीले अहिले चुनावको उपयोग गरेरभन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्न उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

महासचिव मोहन वैद्य किरणले वक्तव्य निकालेर संक्रमणकालीन न्यायका विषय नेपालमा आन्तरिक मामिला भएकाले कुनै पनि प्रकारको हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय संस्थासँग विशेष आग्रह गर्नुभएको छ ।

त्यस्तै क्रान्तिकारी माओवादीले जम्मू–काश्मीरमा भारत सरकारको पछिल्लो कदमबारे पनि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ । मोदी सरकारले जम्मू–काश्मीरका जनतामाथि विश्वासघात गरेको भन्दै धारा ३ सय ७० खारेज गरेकोमा विरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्