Political Hightlights

प्रदेश ३ को राजधानी हेटौडा नै हुनुपर्छ भन्दिनँ तर काठमाडौं मान्दिनःः मुख्यमन्त्री पौडेल

हिमालय टिभी
२०७६ साउन २३ गते १२:४४
प्रदेश ३ को राजधानी हेटौडा नै हुनुपर्छ भन्दिनँ तर काठमाडौं मान्दिनःः मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौडामै हुनुपर्ने भन्ने पक्षमा नरहेको बताउनु भएको छ ।

तर प्रदेश ३ को राजधानी काठमाडौंमा भने हुन नदिने पौडेलको अडान छ । काठमाडौंमा पत्रकारसँग मुख्यमन्त्री पौडेलले नुवाकोट र रामेछापमा पनि राजधानी रहने सम्भावना छ भन्दै छलफलका लागि तयार रहेको बताउनुभयो ।

उहाँले प्रदेशको राजधानी र नाम दुवै एकै दिन टुंगो लगाउने पनि बताउनु भयो । मुख्यमन्त्री पौडेलले आफ्ना प्रदेशको सेवा प्रवाहको कामलाई राम्रोसँग गर्न १५६ वटा कार्यालयलाई क्रियाशील गराइएको दावी पनि गर्नु भयो । उहाँले कृषकलाई राहत दिन सामूहिक कृषि प्रणाली कार्यक्रम सुरु गरिएको बताउनुभयो ।

जिम्मेवारी सम्हालेको करिव १८ महिना भएपनि पौडेलले वास्तविक काम सुरु गरेको पाँच महिना मात्रै भएको र त्यसको परिणाम आउन अझै समय लाग्ने स्पष्टीकरण दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्