धनगढी बम विष्फोटमा घाइते विप्लव कार्यकर्ता अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ
कञ्चनपुर । धनगढी बम विस्फोटमा घाइते विप्लव नेकपाका एक कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै आज पक्राउ गरेको छ ।
धनगढी उपमहानगरपालिका(३, सहीदगेटमा भएको बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले नियन्त्रणमा लिएको हो ।
उनी स्वास्थ्यलाभपश्चात सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । तर, लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो । जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जनाएको छ ।
गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट हुँदा राम सिंहको मृत्यु भएको थियो । सरेलासहित ४ जना घाइते भएका थिए ।
त्यसैबीच काठमाडौं प्रहरीले विप्लव समूहका ३ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकर गुरुङ र उमा गुरुङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई मैतीदेवीबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया