विप्लव समूहको स्थायी कमिटि र पोलिटब्युरो भंग

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले स्थायी कमिटि र पोलिटब्युरो भंग गरेको छ।
पार्टीमा सुद्धीकरण अभियान चलाउन भन्दै विप्लव समूहले स्थायी कमिटी र पोलिटब्युरो भंग गरेको छ भने १७ जनालाई कार्वाही गरेको छ ।
केही दिनअघि बसेको स्थायी कमिटी बैठकले ५ सदस्यीय स्थायी कमिटी र ११ सदस्यीय पोलिटब्युरो भंग गरेको हो। अब सबै कमाण्ड महासचिव विप्लव आफैँले सम्हाल्नु हुने भएको छ ।
विप्लव समूहले पार्टीभित्र विकृति मौलाएको भन्दै १७ केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाएर खुल्ला मोर्चामा पठाएको छ। ५० केन्द्रीय सदस्यमध्ये १७ जनालाई घटुवा गरेर कारबाही गरिए पनि खुल्ला मोर्चाको जिम्मेवारी दिइएको छ।
पोलिटव्युरो सदस्यहरु अनिल शर्मा, भरत बम, उमा भुजेल, ओम पुन, मोहन कार्की र वीरजंग चन्दलाई केन्द्रीय सदस्यमा घटुवा गरिएको विप्लव समूहका एक नेताले जानकारी दिए ।
प्रतिक्रिया