संसद अवरोध नरोकिएपछि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदको अवरोध हटाउन सर्वदलीय बैठक बोलाउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल राजपाको अवरोधका कारण बुधबार पनि प्रतिनिधिसभा बैठक स्थगित भएपछि सभामुख महराले बैठक बोलाउनुभएको हो । सिंहदरवारमा पत्रकारसँग महराले निकासको बाटो खोज्न भोलि १२ बजे सर्वदलीय बैठक बोलाएको जानकारी दिनुभयो ।
सर्लाही घटनाबारे संसदको राज्य व्यवस्था समितिले छानविन गरिरहेको भन्दै उहाँले समितिको अधिकार कटौती हुने गरी संसदमा त्यो विषय उठाउनु उचित नभएको बताउनु भयो । दलहरु मिलेर आए संसदीय छानविन समिति बनाउन गार्हो नभएको पनि उहाँले बताउनु भयो ।
सर्लाहीमा दुई जनाको ज्यान जाने गरी भएको प्रहरी कारवाहीको संसदीय छानविनको माग गर्दै कांग्रेस र राजपाले संसद अवरुद्ध गर्दै आएका छन् । र, आज पनि उनीहरुले संसद अवरुद्ध गरेपछि बैठक भोलि दिउँसो दुई बजे बस्ने गरी स्थगित भएको छ ।
प्रतिक्रिया