Political Hightlights

अध्यक्ष प्रचण्ड दुबई प्रस्थान

हिमालय टिभी
२०७६ साउन १४ गते ६:४०
अध्यक्ष प्रचण्ड दुबई प्रस्थान

काठमाडौं । सत्तारुण नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आज दुबई जानु भएको छ ।

अध्यक्ष प्रचण्ड पत्नी सीता, छोरी रेणु र नातिनातिनासहित दुबई जानु भएको हो । दुबईमा रहँदा प्रचण्ड पत्नी सीता दाहालको उपचार तथा केही पारीवारिक भेटघाटको कार्यक्रम रहेको उहाँको नीजि सचिवालयले जनाएको छ ।

उहाँ १८ गते स्वदेश फर्कने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो । कुनै राजनीतिक भेटघाट, वार्ताका लागि नभइ पारीवारिक भ्रमणका लागि अध्यक्ष प्रचण्ड दुबई जानु भएको सापकोटाका भनाइ छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुहुने भएको छ । प्रचण्ड फर्कने दिन नै प्रधानमन्त्री ओली साउन १८ गते सिंगापुर जान लाग्नु भएको हो ।

प्रधानमन्त्रीले त्यहाँ ७ दिन बिताउनुहुनेछ । हिजो बसेको सचिवालय बैठकमा प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डको विदेश भ्रमणबारे जानकारी गराइएको थियो।

दुवै अध्यक्ष विदेश भ्रमणमा जाने भएपछि सचिवालय बैठक पनि दुई साताका लागि स्थगित गरिएको छ । पटक पटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक अव साउन २८ गते बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्