Political Hightlights

नेकपाको सचिवालय बैठक बस्दै, स्कूल विभाग विवाद कायमै

हिमालय टिभी
२०७६ साउन १२ गते ६:३०
नेकपाको सचिवालय बैठक बस्दै, स्कूल विभाग विवाद कायमै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी विभागहरुमा नेतृत्व टुंगो लगाइने छ । संगठन,विदेश,नीति तथा प्रशिक्षण जस्ता महत्वपुर्ण विभागमा सहमति भइसके पनि स्कुल विभागमा विवाद कायमै छ ।

पूर्व एमालेले महत्वपुर्ण विभागको नेतृत्व पाएकाले स्कुल विभागमा पूर्व माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई दिनुपर्ने पूर्वमाओवादीका नेताहरुको तर्क छ ।

यता पार्टीृ एकीकरणका क्रममा महासचिव पद गुमाएका नेता इश्वर पोखरेललाई उक्त विभागको जिम्मेवारी दिनुपर्ने पूर्व एमालेको तर्क छ । पूर्वएमालेबाटै बरिष्ठ नेता झलनाथ खनाल, बेदुराम भुषाल र घनश्याम भुषालले पनि यो विभागमा दावी गरेका छन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले शुक्रबार र शनिबार आन्तरिक छलफल गरेका थिए ।

नेताहरुबीच विवाद देखिएपछि स्कुल विभाग अध्यक्षद्वय ओली र दाहालले नै स्कुल विभाग राख्ने सम्भावना रहेको छ । स्कुल विभागको जिम्मेवारी बाँडफाँडमा कुरा नमिलेपछि यस अघि दुइ पटक नेकपाको सचिवालय बैठक स्थगित भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्