Political Hightlights

बाढीको स्थायी समाधानका लागि कुटनीतिक पहल जरुरीः सभापति देउवा

हिमालय टिभी
२०७६ साउन ८ गते १०:३७
बाढीको स्थायी समाधानका लागि कुटनीतिक पहल जरुरीः सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बाढी र डुबानसम्बन्धी समस्याको स्थायी समाधानका लागि सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

बाढी र डुबानका बेला एकले अर्कालाई दोष दिएर मात्र समस्या समाधान नहुने भन्दै उहाँले डुबान र बाढीको समस्या अन्त्य गर्न भारतसँग कुटनीतिकस्तरमा संवाद गरेर स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ ।

संसदमा बाढी पहिरोबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल गर्दै देउवाले भारतको पनि केही समस्या भए नेपालले समाधान गर्नुपर्ने बताउनुभयो ।

बाढी र डुबान प्रभावित धेरै जिल्ला आफूले भ्रमण गरेको भन्दै देउवाले डुबान प्रभावित कतिपय क्षेत्रमा स्थानीय सरकारसमेत पुग्न नसकेको बताउनुभयो ।

सरकार भनेको दुःख परेको बेला चाहिने भन्दै देउवाले यस्तो भयावह स्थितिमा सरकारले ध्यान नदिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्