Political Hightlights

क्लिन फिड नीति लागू गरेरै छाड्छौंः मन्त्री बाँस्कोटा

हिमालय टिभी
२०७६ साउन ६ गते ९:४९
क्लिन फिड नीति लागू गरेरै छाड्छौंः मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले क्लिन फिड नीति लागू गरेरै छाड्ने प्रष्ट पार्नुभएको छ ।

संसदको विकास समिति बैठकमा मन्त्री बाँस्कोटाले विज्ञापनसम्बन्धी विधेयकबाट क्लिन फिड नीति लागू गरेरै छोड्ने अडान दोहोर्याउनुभएको हो ।

क्लिन फीडसम्बन्धी व्यवस्था हटाउन माग गर्दै संशोधन दर्ता गराउने सांसदलाई संशोधन फिर्ता लिन पनि उहाँले आग्रह गर्नुुभयो । संशोधनमार्फत विधेयकको मूल आत्मा नै मार्न खोजिएको उहाँको गुनासो छ ।

क्लिन फिड लागू गर्न नहुने भन्दै सांसद लक्ष्मणलाल कर्ण, एकवाल मियाँलगायतले संशोधन दर्ता गर्नुभएको छ । अमेरिका, भारत, कोरियालगायतका देशमा समेत क्लिन फिड रहेको भन्दै उहाँले यो अन्तर्राष्ट्रिय अभ्यास भएको बताउनुभयो ।

राष्ट्रियताको विषयलाई ख्याल गर्न पनि उहाँको सुझाव छ । क्लिन फिड राष्ट्रियता र रोजगारीसँग पनि जोडिएको उहाँले प्रष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्