Political Hightlights

विप्लव समूहका उपत्यका इञ्चार्ज माइला लामा पक्राउ

हिमालय टिभी
२०७६ साउन ५ गते ६:२८

काठमाडौं । नेपाल प्रहरीले मध्यरातमा विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको छ।

लामासँगै नेकपाका अर्का कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन्। नेपाल अपराध अनुसन्धान महाशाखाको टोलीले लामालाई विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट गएराती साढे १२ बजे पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सहकुल बहादुर थापाले जानकारी दिनुभयो ।

लामा उपत्याकामा भएका विभिन्न बम विस्फोटको घटनामा जिम्मेवार रहेको प्रहरीले जनाएको छ। काठमाडौंलगायत विभिन्न ठाउँमा बम विष्फोटको घटनामा निर्देशन दिन लामाको भूमिका रहेको प्रहरीको दावी छ।

राजधानीको विभिन्न ठाउँमा बम विष्फोटको घटना भएपछि प्रहरीले लामाको खोजी तीब्र पारेको थियो। जनयुद्धका क्रममा चर्चित सांस्कृतिक कलाकार लामा तत्कालीन माओवादी फुटेपछि वैद्य नेतृत्वको माओवादी हुँदै विप्लव पक्षमा लाग्नु भएको थियो ।

तत्कालिन माओवादी केन्द्रबाट २०६४ सालको संविधानसभामा चुनाव लडेका काठमाडौं सितापाइलाका लामा काठमाडौं क्षेत्र नम्बर ९ बाट कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग २०९ मतले पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्