Political Hightlights

संयुक्त आन्दोलनमा साना नौं दल

हिमालय टिभी
२०७६ साउन ४ गते ११:५४
संयुक्त आन्दोलनमा साना नौं दल

काठमाडौं । देशको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दवाब दिन विभिन्न साना राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका छन ।

बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाब रोक्न सरकारसँग माग गर्दै शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन ।

मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेप रोक्न सरकारसँग माग गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिनु भयो ।

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको समुहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली काँग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका नौं वटा राजनीतिक दल आवद्ध छन ।

समूहले बाढी, पहिरो र डुवानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्