नेपालको समृद्धिमा भारतसँगको सम्बन्ध महत्वपूर्णः नेता नेपाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको बताउनु भएको छ ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि भारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताउनु भयो ।
उहाँले दुई देशबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पार्नु भयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भयो ।
प्रतिक्रिया