Political Hightlights

प्रतिबन्धपछि पहिलोपटक विप्वल समूह र सरकारबीच सम्वाद

हिमालय टिभी
२०७६ असार ३१ गते ६:३५
प्रतिबन्धपछि पहिलोपटक विप्वल समूह र सरकारबीच सम्वाद

काठमाडौं । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सरकारी टोलीबीच पहिलोपटक औपचारिक संवाद भएको छ ।

गत आइतबार भक्तपुर र काभ्रेको सीमा नजिकको एक होटलमा भएको यो संवादले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी पक्षको भनाइ छ ।

सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गर्नुभएको थियो । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए ।

उनीहरुको नाम गोप्य राखिएको छ । यो प्रारम्भिक चरणको छलफल भएकाले धेरै कुरा भन्न नमिले पाण्लेले बताउनुभयो ।

सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएपछि दुई पक्षबीच औपचारिक संवाद हुन सकेको थिएन । विप्लवका नेताहरूसँग छलफल गरेपछि पाण्डे हिजो नेपालगन्ज जानु भएको छ । विप्लवको शीर्ष नेतृत्वसँग त्यहाँ आज वार्ता गर्ने स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्