Political Hightlights

संचारमाध्यमका विदेशी लगानी स्वीकार्य हुन्नँः मन्त्री बाँस्कोटा

हिमालय टिभी
२०७६ असार ३० गते १०:१५
संचारमाध्यमका विदेशी लगानी स्वीकार्य हुन्नँः मन्त्री बाँस्कोटा

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संचार माध्याममा विदेशी लगानी स्वीकार्य नहुने बताउनु भएको छ ।

काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा सोमबार सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बाँस्कोटाले एउटै संचारमाध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी दिनुभयो ।

मन्त्री बाँस्कोटाले केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा आपत्ति जनउनुभयो ।

मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कार्वाही हुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्