संसद बैठक साउन ८ गतेसम्मका लागि स्थगित
काठमाडौं । संसद बैठक साउन ८ गतेसम्मका लागि स्थगित भएको छ । विपक्षी कांग्रेसले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल नै नगरी आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सुरु नहुँदै सूचना टाँसेर स्थगित गरिएको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबसी संसद बैठक स्थगित गरिएको हो । बाढी, पहिरो र डुवानबाट भएको क्षतिको अनुगमन र उद्धार तथा राहतमा समन्वयका लागि सांसद जिल्ला जानु पर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
तर, बैठक सुरु नहुँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपा नेपालले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस सांसद मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका सांसद राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको थियो ।
उहाँहरुले प्रस्तावमा पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गर्नुभएको थियो । उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने, सांसदहरुलाई उद्धार, राहत र पुनःस्थापनामा संलग्न गराउनुपर्ने कांग्रेस र राजपाको प्रस्तावमा छ ।
संसदको आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रधुवीर महासेठसँग प्रश्नोत्तरको कार्यसूची थियो । विभिन्न समितिका
प्रतिक्रिया