ज्येष्ठ नागरिकको उमेर हद ६५ वर्ष कायम गर्न काँग्रेसको माग

काठमाडौं । संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ‘ज्येष्ठ नागरिकसम्बन्धी विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सचेतक पुष्पा भुसालले ज्येष्ठ नागरिकको उमेर ७० वर्ष राख्ने सरकारको प्रस्तावमा पुनर्विचार गर्नुपर्ने बताउनु भएको छ।
भौगोलिक कारणले पनि सरकारले ६५ वर्ष उमेर पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको मान्यता दिई सेवा, सुविधा उपलब्ध गराउनुपर्नेमा बताउनुभयो ।
सांसद भुसालले विधेयकमा ‘अति ज्येष्ठ नागरिक’ भन्ने प्रावधान राखिएकोमा पनि असन्तुष्टि व्यक्त गर्दै ज्येष्ठ नागरिकको वर्गीकरण गर्न नहुने बताउनुभयो ।
सत्तारुढ नेकपाकी सांसद विनुकुमारी श्रेष्ठले पनि ज्येष्ठ नागरिकलाई वर्गीकरण गर्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।
उहाँले ८० वर्ष पूरा भएका नागरिकलाई विशेष सुविधाको व्यवस्था गर्न हुने तर ज्येष्ठ नागरिकमाथि नै विभेद हुने गरी प्रावधान भने राख्न नहुने बताउनुभयो ।
प्रतिक्रिया