Political Hightlights

बदलिएको प्राथमिकतासँगै कूटनीतिक सम्बन्धमा फेरबदलः मन्त्री ज्ञवाली

हिमालय टिभी
२०७६ असार २४ गते १२:०४
बदलिएको प्राथमिकतासँगै कूटनीतिक सम्बन्धमा फेरबदलः मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रका बदलिएका प्राथामिकतासँगै कूटनीतिक सम्बन्धमा पनि फेरबदल आएको बताउनुभएको छ ।

राजधानीमा पत्रकार विष्णु रिजालले सम्पादन गर्नुभएको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यास, राजदूतहरुको अनुभव’ नामक पुस्तक विमोचा गर्दै मन्त्री ज्ञवालीले नेपालले अपनाएको परराष्ट्र नीतिबाट कोही पनि तर्सिन नपर्ने बताउनुभयो ।

कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले समृछिको बाटोमा अगाडि बढेको मुलुकले त्यसै अनुसारको परराष्ट्र नीति अपनाउनुपर्ने बताउनुभयो । परराष्ट्र नीतिको हकमा सरकार ठीक बाटोमा अगाडि बढेको मन्त्री ज्ञवालीको दावी छ ।

पत्रकार विष्णु रिजालको सम्पादनमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले पूर्व राजदूतहरुको अनुभव रहेको पुस्तक प्रकाशित गरेको हो । पुस्तकमा २० जना पूर्व राजदूतका अनुभव समावेश छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्