Political Hightlights

विपक्षीलाई गृहमन्त्रीको जवाफ चित्त बुझेन, संसद बैठक भोलिसम्मका लागि स्थगित

हिमालय टिभी
२०७६ असार २४ गते ८:०३
विपक्षीलाई गृहमन्त्रीको जवाफ चित्त बुझेन, संसद बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसहरुले आजको संसद बैठक अवरुद्ध गरेका छन् ।

पछिल्लो समय सर्लाहीका तीन घटनामा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरुले संसद अवरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले राज्य मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध रहेको भन्दै सोही क्रममा सर्लाहीको घटना भएको स्पष्ट पार्नुभएको थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सर्लाही घटनाबारे सांसदहरुले उठाएको जिज्ञासाको सम्बोधन गर्दै उहाँले शान्ति सुव्यवस्था कायम गर्ने क्रममा सर्लाही घटना भएको बताउन भएको हो ।

विप्लव समुहका कार्यकर्ताले सर्लाहीको लावबन्दी र हरिवन इलाकामा स्थानीय जनप्रातिनिधि र व्यापारीलाई चन्दा माग्दै ज्यान मार्ने धम्की दिने गरेको गुनासोपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै केन्द्रबाट परिचालित समूह र विप्लव समुहका जिल्ला इन्चार्ज कुमार पौडेलको समुहबीच जम्काभेट हुँदा पौडेल समुहको तर्फबाट फायरिङ भएको र जवाफी फायरिङको क्रममा कुमार पौडेलको मृत्यु भएको बताउनुभएको थियो ।

सांसदहरुले तीनै घटना अध्ययनका लागि संसदीय समिति गठन नगरी बैठक चल्न नदिने भन्दै अवरोध गरेका हुन् । विपक्षी दलको अवरोधपछि सभामुख कृष्णबहादुर महराले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्