Political Hightlights

काँग्रेसद्वारा विषदी जाँच नगर्नुको कारण माग

हिमालय टिभी
२०७६ असार २२ गते ७:४३
काँग्रेसद्वारा विषदी जाँच नगर्नुको कारण माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूलको विषादी जाँच नगर्ने निर्णय गर्नुको कारण संसदमा पेश गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय सभा बैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले सरकारले पहिले विषादी जाँच गर्ने र पछि नगर्ने निर्णय गरेर गाइजात्रा गरेको टिप्पणी गर्नुभयो । कांग्रेस सांसद देवकोटाले राष्ट्रिय स्वाधीनताका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको दृष्टिकोणमाथि पनि प्रश्न उठाउनुभयो ।

असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफ्नै निर्णय उल्टाउँदै शुक्रबार तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेको थियो ।

सरकारले प्रयोगशाला अभावका कारण तत्कालका लागि परीक्षण स्थगन गरेको र प्राविधिक समस्या समाधान भैसकेपछि विषादी परीक्षण गर्ने प्रष्टिकरण दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्