Political Hightlights

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने

हिमालय टिभी
२०७६ असार २१ गते ८:३५
कांग्रेस केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौ । पार्टीका आन्तरिक विवादमा सहमति जुटाउन काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनु भएको छ ।

पछिल्लो पटक काँग्रेसभित्र सभापति देउवा विरोधी सबै समूह एकै ठाउँमा आएका बेला सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो । पहिलो चरणको जागरण अभियानपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दैछ ।

भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका एजेन्डा र तयारीबारे छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु भएको हो । बैठक
अहिले केहीबेरमा बस्ने बैठकमा सभापति निवास बढानिलकण्ठमा बस्नेछ ।

राष्ट्रिय जागरण अभियानले गुटबन्दी अन्त्य हुने, कार्यकर्तामा उत्साह जाग्ने र पार्टी पूनर्जागृत हुने कांग्रेसको विश्वास थियो । तर नेता र नेतृत्वकै कारण त्यसो हुन नसकेको र नसक्ने स्थिति देखिए पछि कांग्रेसमा गुटको विवाद चर्किदै गएको छ ।

आजको बैठकमा पछिल्लो समय देखिएको गुटगत विवाद समाधानको कोशिष हुनेछ । केन्द्रीय कार्यसमितिको बैठकको पूर्वसन्ध्यामा केही दिनअघि असन्तुष्ट पक्षले गोङगबुमा भेला गरेपछि सभापति देउवाले बनाउनु भएको रणनीति आजको बैठकमा देखिने सम्भावना छ ।

गत पुसमा भएको महासमिति बैठकबाट पारित विधान संस्थापन पक्षले बहुमतका आधारमा केन्द्रीय कार्यसमितिबाट उल्टाएपछि काँग्रेसमा सभापति देउवा विरोधी नेताहरु सशंकित छन् । उनीहरुले विधान अनुसार पार्टी चलाउन माग गरेका छन् । प्रमुख प्रतिपक्ष दल काँग्रेसको बैठकमा पछिल्लो राजनीति र सरकार विरोधी कार्यक्रमवारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्