Political Hightlights

राजनीतिप्रति जनताको वितृष्ण बढ्योः नेता पौडेल

हिमालय टिभी
२०७६ असार २१ गते ८:३०
राजनीतिप्रति जनताको वितृष्ण बढ्योः नेता पौडेल

काठमाडौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताउनु भएको छ ।

नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पसले शनिबार भरतपुर चितवनमा गरेको एक दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता पौडेलले राजनीतिप्रति जनतामा वितृष्णा बढ्दै गएको बताउनु भएको हो ।

नेतृत्वमा मिशन र भिजन नहुँदा राजनीति सम्मानित क्षेत्रका रुपमा विकास हुन नसकेको भन्दै पौडेलले कांग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नु पर्ने बताउनुभयो ।

७० वर्षको सङ्घर्षपछि आएको परिवर्तन संस्थागत हुन नपाउँदै राजनीतिमा फेरि अन्योलता छाएको उहाँको भनाई थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्