कम्युनिष्ट पार्टीहरुलाई एकतामा आउन ओलीको आव्हान

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले साना कम्यनिष्ट पार्टीलाई एकतामा आउन आव्हान गर्नुभएको छ ।
नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा आज समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा उहाँले बाबुराम भट्टराई, मोहन वैद्य र चित्रवहादुर केसीलाई डिलमा बसेर हेर्न छाडेर देशको विकास र समृद्धिको यात्रामा सहभागी हुन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फाटो आएको र पार्टी फुट्छ भन्ने दिवा सपना नदेख्न सचेत गराउनुभयो ।
उहाँले असार महिनाभित्रै पार्टी एकताको काम टुङ्गिने र योग्यता र क्षमता अनुसारको जिम्मेवारी सबैले पाउने बताउनुभयो ।
आज दुबै अध्यक्ष एउटै कार्यक्रममा सहभागी भएर आफूहरुबीच विवाद नभएको र एक भएको सन्देश दिन खोजेका छन् ।
प्रतिक्रिया