Political Hightlights

आईफा अवार्डका विषयमा अनावश्यक हल्ला चलाइयोः प्रम ओली

हिमालय टिभी
२०७६ असार २० गते ७:४९
आईफा अवार्डका विषयमा अनावश्यक हल्ला चलाइयोः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आईफा) बारे अनावश्यक हल्ला चलाइएको बताउनुभएको छ ।

उहाँले २० लाख पर्यटक भित्र्याउने सरकारको योजना असफल बनाउन हल्ला चलाइएको दाबी गर्नुभयो ।

नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा आज समाजवादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अवार्ड रोक्न संसदीय समितिले दिएको निर्देशन समेत अनाधिकृत भएको प्रतिक्रिया दिनुभयो ।

सरकारले थोरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेको तर अर्बौं खर्च हुन्छ भनेर हावा कुरा गरिएको प्रधानमन्त्री ओलीको दावी छ । उहाँले राष्ट्र हितमा हुने भए मात्रै आईफा अवार्ड गर्ने तर राष्ट्रहितविपरीत हुने गरी कुनै पनि कार्यक्रम नगर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्