Political Hightlights

शान्ति प्रक्रिया भाँड्न चलखेल भयोः प्रचण्ड

हिमालय टिभी
२०७६ असार २० गते ७:४४
शान्ति प्रक्रिया भाँड्न चलखेल भयोः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया भाँड्न चलखेल भइरहेको बताउनुभएको छ ।

समाजवादी पार्टी छाडेर नेकपा प्रवेश गरेका नेता कार्यकर्तालाई शुक्रबार पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया भाँड्ने प्रयास घातक भएको बताउनुभयो ।

शान्ति प्रक्रिया भाँड्नकै लागि केही मानिसलाई युरोप घुमाएको भन्दै प्रचण्डले असन्तुष्टि जनाउनुभयो । कार्यक्रममा प्रचण्डले आफ्ना पूर्व सहकर्मीहरुलाई पार्टी एकतामा आउन आग्रह गर्नुभयो ।

उहाँले नयाँ बनाउँछु भनेर हिडेका डा. बाबुराम भट्टराईको बौद्धिकताले अन्यत्र सकारात्मक परिणाम दिन नसक्ने दाबी समेत गर्नुभयो । दाहालले मोहन बैद्य, मोहनविक्रम सिंह, चित्रबहादुर केसी र नारायणमान विजुक्छेलाई पनि एकता प्रक्रियामा आउन आग्रह गर्नुभयो ।

कार्यक्रममा समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमलासहित ५० बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्