Political Hightlights
मेक्सिकोकी भेनिसाले जितिन् मिस वर्ल्ड २०१८ को उपाधि
२०७५ मंसिर २३ गते १३:४८

काठमाडौं, २३ मंसिर । मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी भेनिसा पोन्च डे लियोनले जितेकी छिन्।
चीनको सान्यामा शनिबार १२१ देशका सुन्दरीलाई पछि पार्दै भेनिसाले मिस वर्ल्डको उपाधि जितेकी हुन् । फस्ट रनरअफ थाइल्याण्डकी निकोलिन पिचापा लिम्स्नुकान र जमैकाकी कादिजाह रोबिन्सनले सेकेन्ड रनरअप भइन् ।
बेलारुसकी मारिया भ्यासिलेभिच र युगाण्डाकी क्वीइन एबेनाक्यो पनि उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ब्यूटी विथ पोर्पज अवार्ड र मल्टिमिडिया अवार्ड जितेकी श्रृंखला खतिवटा टप १२ बाट बाहिरिएकी थिइन ।
६८औँ संस्करणसम्म अाइपुग्दा दक्षिण एसियाली देशमा भारत बाहेक अरुले मिस वर्ल्ड जितेका छैनन् । भेनेजुएला र भारतले ६/६ पटक मिस वर्ल्डकाे उपाधि जितेका छन् ।
प्रतिक्रिया