आर्थिक

निषेधाज्ञामा पनि शेयर बजारमा उत्साह, नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

हिमालय टिभी
२०७७ भदौ ८ गते १६:१२
निषेधाज्ञामा पनि शेयर बजारमा उत्साह, नेप्सेसँगै कारोबार रकम पनि बढ्यो

८ भदौ, २०७७ काठमाडौं । कारोबार भएका धेरैजसो कम्पनीको शेयरको भाउ बढेपछि आज लगातार तेश्रो दिन पनि नेप्से बढेको छ ।

नेप्से आज २१ दशमलव २६ अंकले उकालो लागेर १४ सय ३१ दशमलव ६१ बिन्दुमा पुगेको छ । नेप्से हिजो १३ अंकले बढेको थियो ।

आज कारोबार भएकमा होटल समूह बाहेक अरु सबै समूहको परिसुचक बढेको छ । निषेधाज्ञाका बेलामा पनि खुलेको शेयर बजारको दैनिक रुपमा नै सूचक सँगै कारोबार रकम पनि बढेको छ ।

हिजोको तुलनामा आज झण्डै दोब्बर बढीको शेयर कारोबार भएको छ । आज २ अर्ब १३ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज नेप्सले जनाएको छ ।

धितोपत्र बोर्डले ठुलो अवरोध नआएसम्म सेयर बजार बन्द नहुने निर्णय गरेको छ । जसका कारण निषेधाज्ञाका बेलामा पनि शेयर कारोबार भइरहेको छ । निषेधाज्ञा जारी भएको गत बिहीबार देखि नै हरेक दिन नेप्से बढिरहेको छ ।
निषेधाज्ञाका कारण अहिले अनलाइनमार्फत शेयर खरिद विक्री र रकम भुक्तानी भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *