विदेश

कोरोना महामारी समाप्त हुन अब दुई वर्ष लाग्छः डब्लुएचओ

हिमालय टिभी
२०७७ भदौ ६ गते ८:१०
कोरोना महामारी समाप्त हुन अब दुई वर्ष लाग्छः डब्लुएचओ

६ भदौ, २०७७, काठमाडौं । अबको दुई वर्षभित्र कोरोना भाइरस महामारी समाप्त हुन सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ( का प्रमुखले बताएका छन् ।

शुक्रबार जेनेभामा बोल्दै डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोस अधानोम गेब्रेयसियसले स्पेनिश फ्लूलाई जित्न दुई बर्ष लागेको भन्दै कोरोना पनि अबको दुई वर्षिभित्रै नियन्त्रणमा आउने आशा रहेको बताए ।

सन् १९१८ मा फैलिएको स्पेनिश फ्लुभन्दा कोरोना नियन्त्रण गर्न सजिलो रहेको उनको तर्क थियो । विश्वव्यापीकरणका कारण संसारभर मानिसबीच सम्पर्क रहेकाले कोरोना तीव्र गतिमा फैलिएको तर स्वास्थ्य सजगता र नियन्त्रणका उपाय पर्याप्त रहेकाले यसलाई छिट्टै नियन्त्रणमा लिन सकिने उनले बताए।

स्पेनिश फ्लुबाट सन् १९१८ अप्रिलदेखि १९२० सम्ममा विश्वभर करिब दुई करोड मानिसको मृत्यु भएको थियो। यसअघि कोरोना महामारी नियन्त्रणमा खेलेको भूमिकालाई लिएर उनलले कडा आलोचना खेपिरहेका थिए।

अमेरिका यो संगठनबाट अलग भइसकेको छ भने कैयौं राष्ट्रले डब्ल्युएचओप्रति असन्तुष्टि जनाइरहेका छन् ।

यस्तै उनले यसअघि कोरोनाविरुद्धको खोप चाँडै नबन्ने, कोरोनाको असर लामो समयसम्म विश्वभर कायम रहने र सम्भवतः कहिल्यै पनि कोरोना अन्त्य नहुनेजस्ता अभिव्यक्ति दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *