अन्तर्वार्ता

एक हप्ताको निषेधाज्ञामा कोही पनि भोकै बस्नु पर्दैनः मेयर शाक्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ भदौ ३ गते १५:५७
एक हप्ताको निषेधाज्ञामा कोही पनि भोकै बस्नु पर्दैनः मेयर शाक्य (भिडियोसहित)

३ भदौं, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताको निषेधाज्ञामा कोही पनि नागरिक भोकै बस्न नपर्ने दावी गरेको छ ।

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि आजराति देखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञामा अतिआवश्यक सेवा बाहेक सबै बन्द रहने छन् ।

त्यसैले कसैलाई लकडाउनकै जस्तो खानेकुराको अभाव भएमा अन्य कुनै अप्ठ्यारो परेमा महानगरपालिकाले सक्दो सहयोग गर्ने महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो ।

यस्तै महानगरपालिकाले कोरोना संक्रमितको शंका लागेका व्यक्तिको परिक्षण र उपचारमा पिन सहयोग गर्ने आश्वासन दिएको छ ।

लकडाउनको बेलामा महानगरका बासिन्दालाई परेको समस्या समाधानमा कुनै पहल नगरेको भन्दै मेयर शाक्यको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्