विदेश

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नजिक, ७ लाख २४ हजार बढीको मृत्यु

हिमालय टिभी
२०७७ साउन २४ गते १७:५३
विश्वमा कोरोना संक्रमितको संख्या २ करोड नजिक, ७ लाख २४ हजार बढीको मृत्यु

२४ साउन, २०७७ काठमाडौं । विश्वभर कोरोना संक्रमितको संख्या २ करोड नजिक पुगेको छ। अहिलेसम्म ७ लाख २४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

पछिल्लो पटक एकैदिन २ लाख ८३ हजार संक्रमित थपिएका छन् । संक्रमितको संख्या १ करोड ९५ लाख ५० हजार नाघेको छ । भारतमा विगत एक हप्ता देखि दैनिक ५० हजारभन्दा बढी नयाँ संक्रमित भेटिइएका छन् ।

पछिल्लो पटक त्यहाँ ६१ हजारभन्दा बढी संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको संख्या २१ लाख नजिक पुगेको छ । भारतमा थप झण्डै एक हजार जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या साढे ४२ हजार नाघेको छ ।

उता ब्राजिलमा संक्रमितको संख्या ३० लाख नजिक छ । पछिल्लो पटक त्यहाँ करिब ५० हजार नयाँ संक्रमित भेटिँदा थप १ हजार ५८ जनाको मृत्यु भएको छ । ब्राजिलमा मृतकको संख्या पनि १ लाख नजिक छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा थप ६३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ संक्रमितको संख्या ५१ लाख नजिक छ । अमेरिकामा थप १३ सयको ज्यान गएको छ । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख ६४ हजार नाघेको छ ।

मेक्सिकोमा आज ६ हजार ७ सय १७ संक्रमित थपिँदा थप ७ सय ९४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा भने संक्रमण दर घटेको छ । त्यहाँ आज ८ सय ४२ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । यो संख्या केही हप्ता एताकै कम हो । त्यहाँ थप १६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *