समाज

आकर्षक पार्क र चिडियाखाना आर्थिक अभावमा (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ९ गते १८:१३
आकर्षक पार्क र चिडियाखाना आर्थिक अभावमा (भिडियोसहित)

९ साउन, २०७७, बुटवल । सरकारले लकडाउन हटाएपनि बढी चहलपहल हुने क्षेत्र पार्क, उद्यान, फिल्म हल सञ्चालनमा आएका छैनन् । लामो समयको बन्दका कारण रुपन्देहीका पार्क आर्थिक संकटमा पर्न थालेका छन् ।

करिब ४ महिनाको लकडाउनमा बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी पार्कलाई सिगार्नेदेखि अधुरा कामलाई पूर्णता दिइएको छ । यसले पार्कलाई मनमोहक बनाएको छ ।

पार्कमा सानो चिडियाखाना पनि छ । दर्शकको टिकटबाट नै चिडिया घरका जनावरलाई खानेकुरा, रेखदेख, कर्मचारीको तलब र पार्कको सौन्दर्यकरणको खर्च जुटाउने गरिएको थियो । तर लकडाउनका कारण आय श्रोत नै बन्द भएपछि पार्क आर्थिक संकटमा छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र पनि अहिले बन्द छ । दैनिक रुपमा हजारौं मानिस घुमघाम र वनभोजमा रमाउन यहाँ पुग्ने गरेका थिए । लकडाउनपछि यो क्षेत्र पनि बन्द छ । आम्दानी नभएपछि यो केन्द्रका कर्मचारीलाई पनि खर्च जुटाउन समस्या भएको छ ।

बुटवलमा रहेका हिलपार्क, पिसपार्कलाई लकडाउनको समयमा थप आकर्षक बनाइएको छ । सुन्दर पार्क मानिसलाई स्वागत गर्न तयार भएर बसेका छन् । तर यी पार्कमा घुमघाम पहिलेजस्तै कहिले खुल्छ कसैलाई थाहा छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *