विदेश

हङकङलाई दिइएको विशेष हैसियत अन्य गर्ने अमेरिकाको निर्णय

हिमालय टिभी
२०७७ असार ३१ गते ७:४६
हङकङलाई दिइएको विशेष हैसियत अन्य गर्ने अमेरिकाको निर्णय

३१ असार, २०७७, न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने एक आदेशमा हस्ताक्षर गरेका छन्।

चीनले हङकङको स्वतन्त्रता सीमित पार्न नयाँ सुरक्षा कानून ल्याएको तथा अन्य कडा व्यवहार गरेको भन्दै अमेरिकाले हङकङसँगको विशेष व्यापारिकसहितको सम्बन्ध अन्त्य गर्ने भएको हो ।

वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने बनाए।

अब हङकङसँग पनि चीन सरह व्यवहार हुने र विशेष सम्बन्धको दर्ता अन्त्य भएको ट्रम्पले बताए ।

यस्तै राष्ट्रपति ट्रम्पले हङकङमा मानव अधिकार हनन गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमा समेत हस्ताक्षर गरेको जनाएका छन्। पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो।

यसै महिनाको शुरुवातमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै ब्याङ्कहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *